Logo

बागबजारको धारा र ट्युवबेलको पानीमा भेटियो हैजा फैलाउने जिवाणु, सजग हुन आग्रह



काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौंको बागबजारको धारा र ट्युवबेलको पानीमा हैला फैलाउने जीवाणु भेटिएको जनाएको छ ।

काठमाडौंमा हैजाका विरामी भेटिएपछि बागबजारको धारा र ट्युवबेलको पानीको परिक्षण गरिएको थियो । परिक्षण गर्दा पानीमा हैजा फैलाउने जीवाणु भेटिएको प्राधिकरणले जनाएको छ ।

‘हिजो बागबजारको धारा र ट्युवबेलको पानीमा हैजा फैलाउने जीवाणु भेटियो । बर्खाको समयमा पानी प्रदुषित हुने जोखिम धेरै हुन्छ । पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउने गरौं,’ प्राधिकरणले सामाजिक सञ्जाल ट्वीटर मार्फत सर्वसाधरणलाई सजग हुन भनेको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार १४:१५


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट