Logo

उत्तर कोरियाले फेरी गर्यो मिसाइल प्रहार



उत्तर कोरियाले मंगलबार आफ्नो पूर्वी तटको एउटा समुद्रमा दुई ओटा क्रुज मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाको योनहाप समाचार संस्थाले सेनाको स्रोतलाई उदृत गर्दै सो जानाकारी दिएको हो ।

उत्तर कोरियाले केही दिनयता ऋंखलाबद्ध ढंगले आणविक हतियार परीक्षण गरिरहेको छ । उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको प्रवृतिबारे दक्षिण कोरियाले समिक्षा गरिरहेको बताइएको छ । तर, दक्षिण कोरियाको जोइन्ट चीफ अफ स्टाफको कार्यलयले उत्तर कोरियाको मिसाइल प्रहारबारे पुष्टि गरिसकेको छैन् ।

प्योङयामाथि राष्ट्रसंघको प्रतिबन्धअन्तर्गत क्रुज मिसाईल प्रहारमा भने रोक लगाएको छैन् । अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले बारम्बार आणविक हतियार परीक्षण गरेको छ । यस वर्षमात्र उत्तरले चार पटक व्यालिस्टिक मिसाइल परीक्षण गरिसकेको छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलवार ११:४५


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट