sutra news logo

आइतवार, कार्तिक ७ गते २०७८

images
images

अनुषा धितालको गजलः धानका बाला झुल्दा...

अनुषा धितालको गजलः धानका बाला झुल्दा...

सुत्र न्यूज

१४ आश्विन २०७८
  • 241
    SHARES
  • धानका बाला आलीमा झुल्दा सम्झना उनैको ।
    हटेर बादल आकाश खुल्दा सम्झना उनैको ।

    images

    फेरि यी चाड घुमेर आए ऐलेको सालमा नि
    बन र पाखा म एक्लै डुल्दा सम्झना उनैको ।

    साथी र भाइ रमाई हिड्छन् बाटोमा जिस्कँदै
    नौ डाँडा पारी सबैले भुल्दा सम्झना उनैको ।

    दिदीले पनि सोधेकी थिइन् आउँछौ के गर्छौ ?
    अनेक फूल फक्रेर फुल्दा सम्झना उनैको ।

     


    प्रकाशित :आश्विन १४, २०७८ बिहिवार - ०७:३५:४९

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.