sutra news logo

सोमवार, आश्विन ४ गते २०७८

images
images

यी हुन् माओवादी केन्द्र बैठकका निर्णयहरू

यी हुन् माओवादी केन्द्र बैठकका निर्णयहरू

सुत्र न्यूज

२९ भाद्र २०७८
  • 105
    SHARES
  • काठमाडौं- नेकपा माओवादी केन्द्रले पार्टीको विधान पारित गरेको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले आगामी केन्द्रिय समिति वा राष्ट्रिय सम्मेलनले परिमार्जनसहित अनुमोदन गर्नेगरी पार्टीको विधान पारित गरेको हो ।

    images

    बैठकले पार्टीको निर्वाचन आयोग पनि गठन गरेको छ । विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय पार्टीको निर्वाचन आयोग पनि गठन गरिएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

    आयोगलाई पार्टीको स्थानीयदेखि केन्द्रसम्मको निर्वाचन कसरी गर्ने ? भन्ने विषयमा नियमावली र निर्देशिका बनाउने जिम्मेवारी पनि बैठकले दिएको छ ।

    प्रवक्ता महराले स्थायी कमिटीको बैठकले अहिलेसम्म सम्पर्कमा आएका ४५ वटा पार्टीबाट विद्रोह गरेका नेताहरुलाई कसरी समायोजन गर्ने र यस सम्बन्धी कार्यान्वयनका लागि बनेको गठित कार्यदलले प्रतिवेदनको पूरा रुप दिन आग्रह गरिएको बताए ।

    प्रवक्ता महराले फेरि सर्वदलीय बैठक बसेर वा छुट्छुट्टै बैठक बसेर भएपनि संसद राम्रोसँग चलाउनुपर्छ भन्ने कुरामा नै नेकपा माओवादी अडिक रहेको बताए ।


    प्रकाशित :भाद्र २९, २०७८ मंगलवार - १९:५०:०२

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.