sutra news logo

सोमवार, आश्विन ४ गते २०७८

images
images

एमसीसीको विषयमा एमालेले छिट्टै निर्णय लिन्छः प्रदीप ज्ञवाली

एमसीसीको विषयमा एमालेले छिट्टै निर्णय लिन्छः प्रदीप ज्ञवाली

सुत्र न्यूज

२९ भाद्र २०७८
  • 127
    SHARES
  • काठमाडौं । नेकपा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले नेपाली जनताको भावना हेरेर मात्र एमालेले एमसीसीको विषयमा निर्णय लिने बताएका छन् । मंगलबार एमाले जिल्ला कमिटी कपिलवस्तुले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै ज्ञवालीले एमसीसी निर्णयमा कुनै हतार नगर्ने बताए ।

    images

    एमसीसी प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारको पालामा सहमति भएको र सरकारले गरेको काम भएकाले मात्र आफूहरुले अगाडि बढाएको उनले दाबी गरे । एमसीसी पास गर्ने सरकारको दायित्व रहेको भन्दै सम्झौता राम्रो लाग्छ भने बहुमतले पारित गरेर देखाउन आग्रह समेत गरे ।

    उनले आगामी निर्वाचनका जित्नका लागि कार्यकर्तालाई उत्कृष्ट काम गर्न निर्देशन समेत दिए । उनले एमालेमाथि देखिएको घेराबन्दी अस्थायी प्रकृतिको रहेको जिकिर गरे ।


    प्रकाशित :भाद्र २९, २०७८ मंगलवार - १८:४८:४७

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.