sutra news logo

शुक्रवार, श्रावण ८ गते २०७८

सिरहाको सन्तनगरमा बस पल्टियो

सिरहाको सन्तनगरमा बस पल्टियो

images

सुत्र न्यूज

६ श्रावण २०७८
  • 91
    SHARES
  • लहान-  सिरहाको जिरोमाइल-बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका-५ सन्तनगरमा गए राति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन् ।

    जिरोमाइलबाट बडियारपट्टी जाने क्रममा बा२ख ७१ नंको बस पल्टिँदा बसमा सवार बरियारपट्टि गाँउपालिका–३ निवासी ३५ वर्षीय गणेश मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    तीव्रगतिमा गइरहेको बस अनियन्त्रित भई दुर्घटना हुँदा मुखियाको घटनास्थलमै मृत्यु भएको जनाएको छ ।

    दुर्घटनामा परी घाइते भएका १३ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै चालक फरार रहेकाले खोजीकार्य जारी रहेको जनाएको छ ।  सांकेतिक तस्बिर । 


    प्रकाशित :श्रावण ६, २०७८ बुधवार - ०९:४८:१९

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.