sutra news logo

सोमवार, बैशाख २७ गते २०७८

प्रतिनिधिसभाको बैठक प्रत्यक्ष प्रशारण

प्रतिनिधिसभाको बैठक प्रत्यक्ष प्रशारण

सूत्र न्यूज

२३ फाल्गुण २०७७
  • 336
    SHARES
  • प्रतिनिधिसभाको बैठक प्रत्यक्ष प्रशारण

    काठमाडौं- पुनःस्थापनापछिको पहिलो प्रतिनिधिसभा बैठक सुरु भएको छ । आज अपराह्न संघीय संसद भवन वानेश्वरमा प्रतिनिधिसभाको सातौँ अधिवेशन सुरु भएको हो ।

    संसद सचिवालयका अनुसार आज बैठकमा सभामुखले राष्ट्रपतिको पत्र पढेर सुनाउने र शोक प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको छ ।

    यसअघि सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने तेस्रो कार्यसूची भएपनि त्यसलाई हटाइएको छ ।

    यसबाहेक विभिन्न अध्यादेश पेश हुने सम्भावित कार्यसूची छ । सत्तारुढ दलभित्रको विवादका कारण प्रतिनिधिसभाको बैठकलाई चासोका साथ हेरिएको छ ।

    गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । सर्वोच्च अदालतले उक्त निर्णय बदर गर्दै बैठक आह्वान गर्न आदेश गरेको थियो ।

     

     

     

    images

    प्रकाशित :फाल्गुण २३, २०७७ आइतवार - १७:१९:१२

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.