Logo

कीर्तिमानी कामीरिता शेर्पालाई विमानस्थलमा स्वागत



सर्वोच्च शिखर सगरमाथाको २८औं पटक सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका कामीरिता शेर्पा आरोहण सकेर आज काठमाडौँ फर्किएका छन् ।

लुक्लाबाट अपराह्न काठमाडौं आइपुगेका कीर्तिमानी आरोही शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन परिसरमा भव्य स्वागत गरिएको थियो । उनलाई पर्वतारोही, पर्यटन व्यवसायीलगायतले स्वागत गरेका हुन् ।

आरोहणबाट आफू खुसी र उत्साहित रहेको भन्दै यसले देशको साहसिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । सगरमाथामा कायम भएको विश्व कीर्तिमानले नेपालको पर्वतारोहण र साहसी पर्वतारोहीको हौसला प्रदान गर्नुका साथै विश्वभर सकारात्मक सन्देश गएको उनले बताए ।

शेर्पाले यही जेठ ९ गते बिहान ९:२३ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उनले २८औं पटक सगरमाथाको सफल आरोहणको कीर्तिमान बनाएका हुन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहीबार १९:२८


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113