Logo

मकवानपुरमा कैदीबन्दीलाई झाडापखाला संक्रमण, ३५ जना बिरामी



मकवानपुर– मकवानपुरको भीमफेदी कारागारका ३५ कैदीबन्दीलाई झाडापखला संक्रमण भएको छ। सोमबार साँझ अचानक केही कैदीबन्दीमा ज्वरो आउने, बान्ता लाग्ने, पेट दुख्ने तथा झाडापखाला लाग्नेजस्ता लक्षण देखापरेको हो।

सुरुमा एक जनाबाट सुरु भएको झाडापखाला संक्रमण विस्तारै अन्यमा संक्रमण हुँदै आएको भीमफेदी कारागारका जेलर प्रमुख तीर्थ पौडेलले जानकारी दिए।

संक्रमण भई बिरामी भएका कैदीबन्दीको उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरबाट २ चिकित्सक, ४ सहयोगी र प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदी मकवानपुरबाट एक चिकित्सक, ४ सहयोगी गरी ११ जनाको टोलीले आवश्यक औषधिसहित उपचार भइरहेको जेलर पौडेलले बताए।

कैदीबन्दी झाडापखला

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार ०७:१४


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113