Logo

नेकामा सन्तोष प्याकुरेलको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन



राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) को चौथो वार्षिक साधारण सभा भब्यताका साथ काठमाण्डौंको लाजिम्पाट स्थित एक होटलमा सम्पन्न भएको छ ।

साधारण सभा मार्पmत वार्षिक प्रगति प्रतिबेदन, वार्षिक आर्थिक प्रतिबेदन र आगामी कार्य योजना बहुमतले पारित गर्दै नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरीएको छ ।

कार्यसमितिको अध्यक्ष सन्तोष प्याकुरेल, उपाध्यक्षहरु भुपेन्द्र सिटौला र रमण कोइराला, महासचिब दिपक कोइराला, सचिबहरु प्रधुम्न बोगटी र सुभेन्द्र थापा, कोषाध्यक्षमा रबिन्द्र थापा र सदस्यहरुमा सुर्य पोख्रेल, प्रतिक्षा श्रेष्ठ, त्रिलोचन अधिकारी, कमला बस्नेत, ध्रुब थापा, केशब सिम्खडा र अशोक भण्डारी रहेका छन् ।

कार्यक्रमको प्रमुख अथिति नेपालको लागि अष्ट्रेलियन राजदुत फेलिसिटी भोल्क अथितिहरुमा नेपाल अभिभावक महांसंघका अध्यक्ष सुप्रभात भण्डारी, ब्रिटिस काउन्सिलका प्रतिनिधि, आईडीपी आइइएलटिएसका प्रतिनिधि लगायत विभिन्न शैक्षिक परामर्श संघका प्रतिनिधिहरु रहेका थिए ।

उक्त कार्यक्रममा अस्ट्रेलियन कलेजहरु जब ट्रेनिङ ईन्स्टिच्यूट, कि टु लर्निङ कलेज, किङस्टन ईन्स्टिच्यूट अस्ट्रेलिया, ब्लु लोटस कलेज, एएबीटी कलेज, एससीसीएम कलेज, सिआइएम कलेज, स्टडी ग्रुप, एसएबीटी कलेज, म्याक्यालन कलेज, भीआइइ कलेज लगायतका प्रतिनिधिहरुको गरिमामय उपस्थिति रहेको थियो । साथै एडभेन्टास, एजेन्टिक्स, सिच्यूवान एयरलाइन्स आदि संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

नेका शैक्षिक परामर्श क्षेत्रमा रहेको संगठन हो । जसले विदेशमा अध्ययन गर्न जाने विधार्थीहरुको लागि निति नियममा बसेर उचित परामर्श दिदै समाजमा देखिएका विकृती र विसङ्गती विरुद्घमा आवाज उठाउदै आइरहेको छ ।

नेकाले सामाजिक दायित्व अन्तर्गत विपत्तिमा परेकाहरुलाई सहयोग गर्ने, विदेशमा अध्ययनमा गएका विधार्थीहरुलाई अप्ठ्यारो परिस्थितिमा सहयोग तथा सहजिकरण गर्ने, विद्यार्थी तथा अभिभावकहरु सँग वैदेशिक अध्ययन सम्बन्धि अन्तक्रिया गर्ने लगायत आप्mना सदस्य संस्थाहरुलाई तालिम दिने, अन्तक्रिया गर्ने, वैदेशिक कलेजहरु तथा त्यसका प्रतिनिधिहरुको विकृति विरुद्घ शसक्त रुपमा आवाज उठाउने कार्यलाई निरन्तरता दिंदै आएको छ । स्थापनाको छोटो समयमा नै धेरै शैक्षिक परामर्श ब्यवसायीहरु संस्थामा आबद्घ भैसकेको नेकाले जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलवार ११:१५

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट

सोसल मिडिया

Instagram
Facebook
Youtube
Twitter