Logo

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एकापसमा गाभिने, अन्तिम सम्झौता सम्पन्न



काठमाडौँ – नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एकापसमा गाभिने भएका छन् । एकापसमा गाभिनेसम्बन्धी अन्तिम सम्झौता आज सम्पन्न भएको छ । दुवै बैंकका सञ्चालक समितिको बैठकले एकापसमा गाभिने अन्तिम सम्झौता स्वीकृत गरी हस्तान्तरण गरेका हुन् । दुवै बैंकका सञ्चालकले स्वीकृत गरी हस्तान्तरण गरेसँगै दुई बैंक मर्जरको बाटो टुङगो लागेको हो ।

नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई आगामी पुस २२ गतेसम्म एकापसमा गाभिनका लागि समयसीमा तोकेको छ । राष्ट्र बैंकले तोकिदिएको समयभित्र नै एकापसमा गाभिई एकीकृत कारोबार गर्ने तयारीमा रहेको मर्जर कमिटी सदस्यसमेत रहनुभएका मेगा बैंकका सञ्चालक गोपाल खनालले जानकारी दिनुभयो ।

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीच गत जेठ २७ गते मर्जरको सम्झौता भएको थियो । दुई बैंकबीच १००ः९० को स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो । इन्भेष्टमेन्ट बैंकको एक कित्ता शेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुने सहमति दुई बैंकबीच भएको छ ।

हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८.३१ अर्ब र मेगा बैंकको १६.१२ अर्ब छ । दुवै बैंक एक भएपछि बैंकको चुक्ता पूँजी रु ३४.४३ अर्ब हुनेछ । मर्जरपछि बन्ने संस्थाको अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे बन्ने सहमति भएको छ । संस्थाको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहनेछ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलवार १४:५८

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट

सोसल मिडिया

Instagram
Facebook
Youtube
Twitter