Logo

युइएफए नेसन्स लिग – बेल्जियम र नेदरल्यान्डको जित



युइएफए नेसन्स लिग अन्तर्गत बिहिवार राति भएको लिग ए ग्रुप ४ को खेलमा बेल्जियम र नेदरल्यान्डले जित निकालेका छन् ।

बेल्जियमले घरेलु मैदानमा वेल्सलाई २–१ ले पराजित गर्‍यो । बेल्जियमको जितमा केभिन डि ब्रुएना र मिचे बात्सुयाईले गोल गरे । वेल्सका किफर मुरले एक गोल गरे ।

जितसँगै बेल्जियम ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ । पराजित वेल्स १ अंक जोडेर पुछारमा छ ।

समूहको अर्काे खेलमा नेदरल्यान्डले पोल्यान्डलाई २–० ले पराजित गर्‍यो । नेदरल्यान्डको जितमा कोडे गाक्पो र स्टेभन वर्गवाइनले गोल गरे ।

जितसँगै अपराजित नेदरल्यान्ड ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा छ । पोल्यान्ड ४ अंक जोडेर तेस्रो स्थानमाछ ।

 

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार ०८:०६

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट