Logo

गृहमन्त्री खाण र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता



काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । नेपालका लागि भारतीय राजदूत बनेर भर्खरै नेपाल आएका राजदूत श्रीवास्तवले गृहमन्त्री खाणसँग पहिलोपटक भेटघाट गरेका हुन् ।

गृह मन्त्रालयमा आज बिहान भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुढृढ र प्रगाढ बनाउनेबारे कुराकानी भएको गृहमन्त्री खाणका प्रेस संयोजक मधुसुधन भट्टराईले जानकारी दिए ।

भेटमा गृहमन्त्री खाणले नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौताअनुरुप कृषि क्षेत्रमा रासायनिक मल सहजीकरण गर्न आग्रह गरेका थिए। राजदूत श्रीवास्तवले नेपालसँग भएको सम्झौता कार्यान्वयमा आफूले पहल गर्ने बताएका थिए ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार १३:१७

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट