Logo

अब नबिल बैंकमा ४ जना डेपुटी सीईओ



मर्जर सम्झौता गरेका नबिल बैंक र नेपाल बङ्लादेश बैंक लिमिटेडले एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति पाएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार यी दुई बैंकलाई एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति दिएको हो ।

एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति पाएसँगै अब नबिल बैंकमा ४ जना नायव प्रमुख कार्यकारी अधिकृत हुनेछन् । जसमा एनबी बैंकका कार्यवाहक सीईओ भुपेन्द्र पाण्डे, नबिल बैंकका सुजितकुमार शाक्य, विनयकुमार रेग्मी र मनोज ज्ञवाली हुनेछन् ।

भुपेन्द्र पाण्डे पूर्वाधार विकास बैंक हुँदै एन बैंक पुगेका हुन भने सुजितकुमार शाक्य ग्लोबल आइएमइ बैंक हुँदै नबिल बैंक पुगेका हुन । त्यस्तै, मनोज ज्ञवाली ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत हुँदै नबिल पुगेका हुन भने विनयकुमार रेग्मी भने नविल बैंकमा नै लामो समयदेखि कार्यरत छन् ।

बैंकको प्रमुख कार्यकारी अधिृकत (सीईओ) मा असार १७ गते अर्थात भोलीदेखि ज्ञानेन्द्र ढुङ्गानाले जिम्मेवारी सम्हाल्नेछन् ।

एनबी बैंकलाई गाभ्नको लागि नबिलले बुधबार मात्रै नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ । एनबी बैंकका कर्मचारीलाई नबिलमा जाँदा हालको पद सरह नै समायोजन गरिने भएको छ । दुबै बैंकको वित्तीय प्रणाली यहि असार मसान्तदेखि नै एकिकृत रुपमा नबिल बैंकका रुपमा कारोबार हुने जनाइएको छ ।

नेपाल बङ्लादेश बैंक र नबिल बैंक लिमिटेडले गत पुष २९ गते मर्जरको लागि प्रारम्भिक सम्झौता गरेका थिए ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार १३:०८

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट

सोसल मिडिया

Instagram
Facebook
Youtube
Twitter