Logo

५१ वर्षपछि कोतगढी फर्कियाे सुन्दरी तोप



सुर्खेत – ऐतिहासिक सुन्दरी तोप पाँच दशकपछि दैलेखको कोतगढीमा पुर्नस्थापना गरिएको छ । ०२८ सालअघिसम्म दैलेखको कोतगढीमा रहेको तोप ०२८ सालमा ज्वाला दल गण सरेर सुर्खेतमा आउँदा त्यहाँ सुरक्षित नहुने भनेर सेनाकाे गणसगैँ सुर्खेत ल्याइएको थियो ।

करिब ५१ वर्ष सुर्खेतमा रहेको तोप नेपाली सेना र स्थानीय सरकारको पहलमा सुर्खेतबाट दैलेख लगिएसँगै नारायण नगरपालिका-१ मा रहेको कोतगढीमा पुनः राखिएको दैलेखको नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले जानकारी दिए ।

कोतगढीमा राखिएकाे तोप संरक्षणसँगै पूर्ण व्यवस्थापनको जिम्मेवारी नारायण नगरपालिकालाई दिएकाे नेपाली सेनाका उपरथि प्रेम शाहीले बताए । यसले दैलेखको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरेकाे उनले बताए ।

०२८ सालमा दैलेखको ऐतिहासिक कोतगढीमा राखिएका अर्गा र सुन्दरी तोप सुर्खेत पुर्याइएको थियो । सुन्दरी तोप ५१ वर्षपछि दैलेख फर्काइए पनि अर्गा तोप कहाँ छ भन्ने खुल्न सकेको छैन ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार १६:०२


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट