Logo

हिमालयन र सिभिल बैंकबीच मर्जरको संकेत



हिमालयन बैंक र सिभिल बैंकबीच मर्जर प्रक्रिया अघि बढ्ने संकेत देखिएको छ । मोटामोटी डिम्याण्ड डिपोजिट एकाउण्ट ‘डिडिए’ विवरण अध्ययन गरेर दुबै बैंकले मर्जरमा जाने संकेत देखाएका हुन् ।

बैंकिङ स्रोतका अनुसार क्रसहोल्डिङ भएका कारण पनि हिमालयन र सिभिल बैंकबीच मर्जरका लागि आवश्यक छलफल चलिरहेको छ । मर्जरका लागि डिडिए विवरण र स्वाप रेसियो लगायतका विषयमा आन्तरिक छलफल भइरहेको बुझिएको छ ।

‘सिधै मर्जरमा जाने सम्झौता गर्नुभन्दा केही पूर्वतयारी गर्नु उपयुक्त देखिएको हिमालयन बैकका एक संचालकले बताए । उनका अनुसार विगतमा पनि मर्जरका कुराले बैंकिङ क्षेत्र नै तरङ्गित भएपनि अन्तिममा भाँडिएको थियो । त्यसैले विगतको जस्तो समस्या(असफल) नहोस् भन्ने चाहाना रहेको छ । हिमालयन बैंकले पहिलो प्रथमिकतामा सिभिल बैंकलाई राखेपनि अन्य केही बैंकसँग पनि मर्जरको लागि छलफल अघि बढाएको स्रोत बताउँछ ।

हिमालयनले यसअघि ग्लोबल आइएमई बैंकसँग मर्जर सम्झौता गरेको बैंक अफ काठमाण्डूसँग पनि मर्जरका लागि छलफल चलाएको थियो । यसभन्दापनि अघि हिलालयनले नेपाल इन्भेष्टमेन्ट बैंक सँग मर्जर सम्झौता गरेर पनि अन्तिममा भाँडिएको थियो । स्रोतका अनुसार हिमालयनले सिभिललाई नै प्राथकिता दिएको छ, यदी सिभिलसँग कुरा नमिल्ने अवस्थामा मात्रै अन्य बैंकसँग मर्जरको कुरा आउँछ । तरपनि विकल्पमा अन्य २ वटा बैंकसँग कुराकानी भइरहेको छ ।

एकताका खराब परिस्थितिबाट गुज्रिएको सिभिल बैंक अहिले बलियो अवस्थामा रहेको भन्दै यसका संचालकहरुले मर्जरमा जाने कुरालाई त्यति जोड दिएका छैनन् । सिभिलका एक उच्च तहका अधिकारीका अनुसार संचालकहरुले सम्मानजनक मर्जरका लागि जोड दिंदै आएका छन् र आन्तरिक छलफल पनि चलिरहेकै छ ।

स्रोतका अनुसार पछिल्लो समय सिभिल मजबुत अवस्थामा रहेका कारण मर्जरका लागि १ बराबर १ को सेयर स्वाप रेसियो हुनुपर्ने माग गरिएको । सिभिलले बराबरीको स्वाप रेसियो माग गरेका कारण हिमालयनले डिडिए विवरणको आधारमा निचोड निकाल्ने र सोही आधारमा मर्जर सम्झौताको लागि आवश्यक प्रक्रिया अघि बढाउने तयारीमा जुटेको बुझिएको छ ।

 

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार १२:३०


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट