Logo

ए डिभिजन लिगः दोस्रो जितसँगै एपीएफलाई केही राहत



एपीएफ फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पालाई १-० गोल अन्तरले पराजित गर्दै रेलिगशेन संकटबाट माथि उठ्ने सम्भावना जीवितै राखेको छ ।

आभाष लामिछानेको निर्णायक गोलमा एपीएफले दोस्रो जित निकाल्यो । पहिलो हाफको इन्जुरी समयमा नविन लामाको कर्नरमा आभाषले उत्कृष्ट हेड गोल गरे ।

बाँकी समय दुबै टोलीले गोलका केही अवसर बनाए पिन सदुपयोग गर्न सकेनन् । शेर्पाविरुद्ध एपीएफले तीन विदेशी खेलाडी उतारेको थियो । पहिलो हाफको इन्जुरी समयमा हिमालयन शेर्पाले खेलमा फर्कने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन ।

एपीएफका गोलकिपर युया कुरियामाले मिलन राईको प्रहार रोक्दा रिबाउन्डमा प्राप्त बलमा मुताम्बा पिस्टोनले गरेको प्रहार अकासिएको थियो ।

६३औं मिनेटमा मिलनको कर्नरमा उलरिच सिइबीले गरेको हेड बाहिरिँदा हिमालयनले खेलमा फर्कने अवसर गुमायो ।

७०औं मिनेटमा अर्मान्डले गरेको प्रहार हिमालयन शेर्पाका गोलकिपर दीप कार्कीले रोक्दा एपीएफले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो ।

जारी लिगमा एपीएफको यो दोस्रो जित हो । यसअघि एपीएफले फ्रेन्डस क्लबमाथि जित हात पारेको थियो ।

हिमालयनको भने यो लगातार दोस्रो हार हो । हिमालयन पछिल्लो खेलमा थ्री स्टार क्लबसँग पराजित भएको थियो ।

जितपछि एपीएफले नौ खेलमा १० अंकसहित आठौं स्थानमा उक्लिएको छ । समान खेलमा ११ अंकसहित हिमालयन शेर्पा छैटौं स्थानमा छ ।

प्रकाशित मिति : ३० पुष २०७८, शुक्रबार १५:४५


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला