Logo

बलिउडका धनी निर्देशकमध्येका एक करण जोहरसँग कति छ सम्पति?



चर्चित बलिउड निर्माता तथा निर्देशक करण जोहरले हिजो आफ्नो ५१ औं जन्मदिन मनाए।

जन्मदिनको मौकामा उनले आफ्नो आगामी सिनेमा ‘रक्की और रानी’को फस्टलुक जारी गरे।

सार्वजनिक पोस्टरमा अभिनेता रणवीर सिंह तथा अभिनेत्री आलिया भट्टको रोमान्टिक केमिस्ट्री देख्न सकिन्छ।
करण बलिउडका राम्रा सिनेमा बनाउने सिनेकर्मीका रुपमा परिचित छन्। उनी निर्देशनसँगै निर्माण एवं टेलिभिजन शोहरुमा पनि सक्रिय रहने गरेका छन्। उनले सिनेमा तथा टेलिभिजनबाट राम्रो कमाइ गर्छन्।

फिल्मी पृष्ठभूमिबाट आएका करण बलिउडका धनी निर्माता तथा निर्देशकमा पर्छन्।

यस्तो धेरै जिज्ञासा हुनसक्छ- कति सम्पतिका मालिक होलान त करण?

भारतीय मिडिया रिपोर्टस्हरुका अनुसार करणसँग कुल २१५ मिलियन अमेरिकी डलर अर्थात १७ सय ४० करोड भारु बराबरको सम्पति रहेको छ। उनी बलिउडका महँगा निर्देशकमध्येका एक हुन्।

भारतीय संचारमाध्यमहरुका अनुसार बितेका वर्षहरुमा करणको सम्पतिमा राम्रो बढोत्तरी भएको छ।

करण मुम्बईस्थित कार्टर रोडमा रहेको फ्ल्याट तथा डुप्लेक्समा बस्ने गर्छन् जसलाई उनले सन् २०१० मा ३२ करोड भारुमा किनेका थिए। यसका अलावा करणसँग मालाबार हिल्समा पनि घर छ, जसको मूल्य २० करोड भारु पर्छ।

योसँगै उनीसँग ७ देखि ८ करोड भारु बराबरका विलासी कारहरु छन् जसमा बिएमडब्लु र मर्सिटिज सिरिजका कारहरु रहेका छन्।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार ११:५७


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113