Logo

माया खोला हाइड्रोपावरकाे आईपीओ खुला



काठमाडौँ ।  माया खोला हाइड्रोपावर कम्पनीले माघ १३ गते शुक्रबारदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजन प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले जारी पूँजी ३४ प्रतिशत अर्थात १ अर्ब रुपैयाँको सेयर बिक्री गर्नलागेको हो। स्थानीय, वैदेशिक रोजगारीमा गएकाहरु, सर्वसाधारण, सामूहिक लगानी कोष र कर्मचारीका लागी  प्रतिकित्ता १०० रुपैयाँ अंकित ३४ करोडको सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।

सोमध्ये स्थानीय क्षेत्रका आयोजना प्रभावितका लागि १० लाख कित्ता सेयर छुट्याइएको छ । यस्तै, वैदेशिक रोजगारीमा गएकाहरुका लागी २ लाख ४० हजार कित्ता सेयर छुट्याइएको हो ।

साथै, १ लाख २० हजार कित्ता सेयर सामूहिक लगानी कोष र ४२ हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी सेयरमा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।यसैगरी स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरुलाई बाँडफाँट गरेपछि सर्वसाधारणका लागी  कम्पनीले बिक्री खुलाउनेछ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार १२:४३

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट

सोसल मिडिया

Instagram
Facebook
Youtube
Twitter