Logo

लिभरपुलका प्रभावशाली फरवार्ड साडियो मानेले गरे बायर्नसँग तीन वर्षको सम्झौता



काठमाडौं – जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखले इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका प्रभावशाली फरवार्ड साडियो मानेलाई तीन वर्षको लागि अनुबन्ध गरेको छ ।

३० वर्षीय सेनेगलका फरवार्ड ३५ मिलियन युरोमा जर्मन महारथि बायर्न पुगेका हुन् । मानेले लिभरपुलमा आफ्नो अन्तिम सिजन लिग कप र एफए कपको उपाधि जितेका थिए । यूईएफए च्याम्पियन्स लिगमा भने लिभरपुल उपविजेता बनेको थियो ।

यस्तै, मानेको प्रभावशाली प्रदर्शनमा सेनेगलले अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको थियो । मानेले आफूले एनफिल्ड छोडे पनि सधैँ लिभरपुलको समर्थक रहिरहने प्रतिक्रिया दिएका छन् ।

यस्तै, उनले नयाँ चुनौती सामना गर्न आफू तयार रहेको बताए । ‘म बायर्नमा आउँदा निकै खुसी छु’, मानेले पहिलो प्रतिक्रिय दिएका छन् ।

‘मलाई बायर्नले मात्र नभई अन्य ठूला क्लबले समेत अनुबन्धन गर्ने इच्छा व्यक्त गरेका थिए । मैले बायर्न नै रोजे । म नयाँ चुनौतीको सामना गर्न तयार छु । म बायर्न आए भन्दैमा लिभरपुलको खेल हेर्न छुटाउँदिन किनभने म सधैँ लिभरपुलको नम्बर एक समर्थक हुँ,’ उनले भने ।

माने सन् २०१६ मा साउथहमटनबाट लिभरपुल भित्रिएका थिए । उनले लिभरपुलबाट २६९ गोलमा १२० गोल गरेका छन् । यस्तै ६ उपाधि जितेका छन् ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार १२:०७


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट