Logo

नेपाल सेमिफाइनलमा



बङ्गलादेशलाई ३–० सेटले पराजित गर्दै नेपाल एनएससी काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपाल भलिबल संघको आयोजनामा पहिलो पटक आयोजना भएको च्यालेन्ज कपमा समूह ए मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा बङ्गलादेशमाथि २५–१०, २५–८, २५–९ ले पराजित गर्दै एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो । पहिलो खेलमा किर्गिस्तानलाई हराएर ३ अंक बटुलेको नेपालले बङ्गलादेशमाथिको जितसँगै ६ अंक बनाएको हो ।

यसै समूहबाट भारतले किर्गिस्तानमाथि ३–० को सहज जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो । भारतले किर्गिस्तानलाई २७–१७, २५–८, २५–८ को जित निकालेको हो ।

समूह विजेता र उपविजेताको छिनोफानो भोलि बुधबार हुने नेपाल र भारतबीचको खेलले निर्धारण गर्नेछ । किर्गिस्तान र बङ्गलादेशले अब वरियताका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १८:४१


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113