च्याम्पियन्स लिग ‘ड्र’ सार्वजनिक हुँदै-Sutra News

च्याम्पियन्स लिग ‘ड्र’ सार्वजनिक हुँदै

बिहिबार, १५ असोज २०७७

बिहिबार, १५ असोज २०७७

काठमाडौं–युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा बिहीबार नयाँ सिजन २०२०–२१ अन्तर्गत समूह चरणको ‘ड्र’ हुँदैछ। ड्र कार्यक्रम स्विइट्जरल्यान्डको जेनेभामा हुनेछ। युइएफएले दिएको जानकारीअनुसार ड्र कार्यक्रम नेपाली समयअनुसार आज राति ८ : ४५ बजेबाट सुरु हुनेछ।



विगत वर्षहरूमा युइएफएको ड्र तथा पुरस्कार घोषणा कार्यक्रम टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुँदै आएकोमा यसपटक कोरोना महामारीका कारण ड्रको टेलिभिजनमा लाइभ हुनेछैन्। आजको लाइभ युइएफएले आफ्नो अधिकारिक वेबसाइटमार्फत् लाइभ गर्नेछ।

युइएफएले गत सिजनका लागि उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षकलगायत विभिन्न विधागत पुरस्कार पनि घोषणा गर्नेछ। सबैखाले वार्षिक पुरस्कार एकै सभाबाट वितरण गरिनेछ। यसपटक पुरुषतर्फ युरोपको वर्ष खेलाडीका लागि जर्मन क्लब बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्कीलाई प्रमुख दाबेदार मानिएको छ।

आजको ड्र कार्यक्रममा विभिन्न क्लबहरूका अधिकारी तथा प्रशिक्षकहरू घोषणा सभामा सहभागी हुने छैनन् । उनीहरू सबै भिडियो कन्फ्रेन्समा जोडिनेछन् । तर, पुरस्कारका लागि मनोनयनमा परेका खेलाडी तथा प्रशिक्षकहरू भने कार्यक्रममै उपस्थिति हुनेछन् ।

यस सिजनमा च्याम्पियन्स लिगका लागि छ्नोट भएका टिमहरुः

स्पेन –रियल मड्रिड, बार्सिलोना, एथ्लेटिको मड्रिड, सेभिल्ला
इंग्ल्यान्ड – लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, चेल्सी
इटाली – युभेन्टस, इन्टर मिलान, एटलान्टा, लाजियो
जर्मनी – बार्यन म्युनिख, बोरुसिया डर्टमन्ड, लेइपजिग, मोन्चङ्लाडवाक
फ्रान्स – पिएसजी, मार्सेइल्ली, रेनर्स
रसिया – जेनिट, लोकोमोटिभ मोस्को, क्रस्नोडार
युक्रेन – शाख्तर डोनेट्स्क, डाइनामो किभ
पोर्चुगल – पोर्टो
बेल्जियम – क्लब ब्रुगी
नेदरल्यान्ड्स – आयाक्स
टर्की – इस्तानबुल बासाकसेहिर
ग्रीस – ओलम्पियाकोस
हंगेरी – फेरेनकाभोर्स

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट