लाइप्जिग च्याम्पियन्स लिगको सेमिफाइनलमा-Sutra News

लाइप्जिग च्याम्पियन्स लिगको सेमिफाइनलमा

शुक्रबार, ३० साउन २०७७

शुक्रबार, ३० साउन २०७७

एजेन्सी–जर्मनी क्लब आरबी लाइप्जिग च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। बिहीबार राती सम्पन्न क्वाटरफाइनल अन्तर्गतको खेलमा आरबी लेइपजिंगले एटलेटिको म्याड्रिडलाई २–१ गोल अन्तरले पराजित गरेको हो।



आरबी लाइप्जिग लागि डानी ओल्मो र टेलर एडम्सले एक एक गोल गरेका थिए भने एटलेटिकोका लागि जोअओं फेलिक्सले एक गोल गरेका थिए।

१–१ गोलको बराबरी रहेको अवस्थामा खेलको ८८औं मिनेटमा एडम्सले गोल गर्दै आरबी लेइपजिंगलाई च्याम्पियन्स लिगको सेमिफाइनलमा पुर्याएका हुन्।अब सेमिफाइनलमा लाइप्जिग पीएसजीसँग अगस्ट १८ मा भीड्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट