च्याम्पियन्स लिग ‘ड्र’ सार्वजनिक, मेस्सी र रोनाल्डोको भेट समूह चरणमै-Sutra News

च्याम्पियन्स लिग ‘ड्र’ सार्वजनिक, मेस्सी र रोनाल्डोको भेट समूह चरणमै

बिहिबार, १५ असोज २०७७

बिहिबार, १५ असोज २०७७

काठमाडौं- सन् २०२०/२१ को च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको छ। यस सिजनको ड्र अनुसार ग्रुप अफ डेथ समूहका रूपमा ‘जि’ परेको छ। हालै सार्वजनिक भएको ड्र अनुसार यस समूहमा सर्वाधिक सफल खेलाडी रोनाल्डोको टिम युभेन्टस र मेस्सीको टिम बार्सिलोना छन्।



सन २०१५ मा च्याम्पियन्स लिगको फाइनलमा भिडन्त भएयता युभेन्टस र बार्सिलोना आमन्ने–सामन्ने परेका छैनन् भने रोनाल्डोले रियल मड्रीड छोडेदेखि मेस्सी र रोनाल्डोको पनि भेट भएको छैन। अब समूह चरणमै भेट हुने भएपछि यो प्रतिक्षाको खेल हुनेछ।

रोनाल्डोले हालसम्म पाँच च्याम्पियन्स लिग जितेका छन् भने मेस्सीले चार उपाधि जित्दै पछ्याइरहेका छन्। रोनाल्डोले सर्वाधिक १ सय ३० गोल गरेका छन् भने मेस्सीले १ सय १५ गोल गरेर पछ्याइरहेका छन्।

अहिलेसम्म रोनाल्डो र मेस्सी ३४ पटक आमन्ने-सामन्ने भएका छन्। जसमा मेस्सीले सर्वाधिक १६ खेल जितेका छन् तर, यसपटक च्याम्पियन भर्सेस च्याम्पियन अर्थात् मेस्सी भर्सेस रोनाल्डोमा कस्ले बाजी मार्लान, प्रतिक्षाको विषय बनेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट