कोरियामा पुनः देखियो कोरोना-Sutra News

कोरियामा पुनः देखियो कोरोना

बिहिबार, ४ भाद्र २०७७

बिहिबार, ४ भाद्र २०७७

सउल–कोरियामा कोभिड–१९ को सङ्क्रमण पछिल्लो समय पुनः देखा परेको छ। लगभग नियन्त्रणमा आइसकेको कोरोना यस पटक राजधानी सउल तथा आसपासका क्षेत्रमा माहामारीका रुपमा फैलिएको छ। जनस्वास्थ्यविद्ले सङ्क्रमण नियन्त्रण बाहिर जानसक्ने जनाएका छन्।



कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार सउल लगायत आसपासका शहर इन्छन र ख्याङ्गिदोमा कोरोना फैलिएको छ। यसका कारण कुनै एक शहर मात्र सिल गरेर नियन्त्रण गर्न सकिने अवस्था नरहेको जनाइएको छ। विशेष गरी सभारयाली, रेष्टुरेन्ट तथा सार्वजनिक चाप बढी हुने स्थानबाट भाइरस सङ्क्रमण फैलिएको हो।

हाल कोरिया सरकारले चर्चका सम्पूर्ण कार्यक्रमहरूमा रोक लगाएको छ। साथै भीडभाड र सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाउनुका साथै सामाजिक दूरीलाई थप कडा परेको छ। कोरियामा कोरोना सङ्क्रमितको सङ्ख्या १५ हजार ७६१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट