बुधबारको कोरोना ग्राफः थप १ हजार ४७८ जनामा कोरोना संक्रमण-Sutra News

बुधबारको कोरोना ग्राफः थप १ हजार ४७८ जनामा कोरोना संक्रमण

बुधबार, ६ असोज २०७८

बुधबार, ६ असोज २०७८

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार साे संख्यामा संक्रमण पुष्टि भएकाे हाे । 



पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ । बुधबार १ हजार ६३० कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर २१ हजार १३९ सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा ११ हजार ६७ पीसीआर तथा २ हजार ८ सय ६३ एन्टिजेन परीक्षण भएको छ ।

काठमाडाैं उपत्यकामा थप ५६४ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा ३५५, भक्तपुरमा ५८ र ललितपुरमा १५१ जनामा संक्रमण पुष्टि भएको हो ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट