नेपालमा कोरोनाका १४ संक्रमित थपिए-Sutra News

नेपालमा कोरोनाका १४ संक्रमित थपिए

शुक्रबार, ११ कार्तिक २०७९

शुक्रबार, ११ कार्तिक २०७९

पछिल्लो २४ घण्टामा नेपालमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल ९ सय २४ जनाको परीक्षण गर्दा नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १२ र एन्टिजेन विधिबाट २ जना गरी कुल १४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या शून्य छ । आज २९ जना संक्रमण मुक्तहुँदा देशभरमा सक्रिय संक्रमितको संख्या ६ सय ५ मा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट