इलाम–२ को मतगणना आइतबार बिहानबाट मात्रै हुने-Sutra News

इलाम–२ को मतगणना आइतबार बिहानबाट मात्रै हुने

शनिबार, १५ बैशाख २०८१

शनिबार, १५ बैशाख २०८१

काठमाडौं । उपनिर्वाचनअन्तर्गत इलाम–२ को मतगणना आइतबार बिहानबाट मात्रै सुरु गरिने छ । निर्वाचन आयोगले आज मध्यरातिबाट भएपनि मतगणना सुरु गर्ने बताएको भएपनि मतपेटिका आउन ढिलाइ भएपछि आइतबार बिहानबाट मात्रै गणना सुरु गरिने भएको हो ।



मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएअनुसार मतगणनाका लागि आइतबार बिहान सर्वदलीय बैठक बोलाएको छ ।

इलामका प्रमुख जिल्ला अधिकार इन्द्रदेव यादवले मतपेटिका आइपुग्न बिहान २ बजेसम्म लाग्ने भएकाले आइतबार बिहान सर्वदलीय बैठकपछि मात्रै गणना सुरु गरिने जनाए ।

प्रतिनिधिसभा सदस्यका लागि शनिबार भएको उपनिर्वाचनमा इलाम–२ मा कूल मतदाता १ लाख १५ हजार ८८९ रहेकोमा ६९ हजार २८७ मतदाताले मतदान गरेका छन् । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा ६० प्रतिशत मतदान भएको छ ।

निर्वाचनमा विभिन्न राजनीतिक दलका १२ र स्वतन्त्र ७ गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेकपा (एमाले)का सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बु र पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबिच मुख्य प्रतिस्पर्धा हुने आकंलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट