उपेन्द्रलाई बर्खास्त गरेर रञ्जितालाई भित्र्याउने तयारीमा प्रचण्ड-Sutra News

उपेन्द्रलाई बर्खास्त गरेर रञ्जितालाई भित्र्याउने तयारीमा प्रचण्ड

शुक्रबार, २८ बैशाख २०८१

शुक्रबार, २८ बैशाख २०८१

काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पुनर्गठन गर्ने भएका छन् । सरकारसँग बिच्किएको जसपालाई हटाएर नागरिक उन्मुक्ति पार्टीलाई भित्र्याउने तयारीमा प्रधानमन्त्री लागेका हुन् ।



बताइएअनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकमा नगएका जसपा नेपालका अध्यक्षसमेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई बर्खास्ती गर्ने तयारीमा प्रधानमन्त्री जुटेका छन् । बालुटावार स्रोतले बताएअनुसार यादवलाई बर्खास्ती गर्दै यादवको ठाउँमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई भित्र्याउने तयारी प्रधानमन्त्रीको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि प्रधानमन्त्री पुनर्गठनको तयारीमा लागेको बताइएको छ ।

प्रचण्ड नेतृत्वको सरकार तत्कालिन समय जसपाबाट यादव र नवकिशोर साह सुँडी सहभागि थिए । यादवले स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाउँदा साहले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । तर, पार्टी विभाजनसँगै साह अशोक राई नेतृत्वको जसपातर्फ लागेका छन् ।

एमाले र माओवादी केन्द्रबीच राई नेतृत्वको जसपालाई समेटेर जाने तयारी छ । साहको मन्त्रालय जोगिने भएपनि यादवलाई बर्खास्ती गर्ने तयारीमा प्रधानमन्त्री लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट