कांग्रेसको अवरोधपछि औपचारिक उद्घाटन नै नगरी संसद बैठक स्थगित-Sutra News

कांग्रेसको अवरोधपछि औपचारिक उद्घाटन नै नगरी संसद बैठक स्थगित

शुक्रबार, २८ बैशाख २०८१

शुक्रबार, २८ बैशाख २०८१

काठमाडौं । बजेट अधिवेशनको पहिलो बैठकमा नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेको छ ।



सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले बैठक अवरोध गरेको हो ।

कांग्रेसको अवरोधसँगै बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरु पढेर सुनाउने तयारी गरेका थिए ।

तर, कांग्रेसले भने बैठक सुरुवात पत्र नै पढ्न नदिइ बैठकमा अवरोध गरेको छ । कांग्रेसका सांसदहरुले बेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।

यसअघि बैठकमा विशेष समय लिएर बोलेका कांग्रेस महामन्त्री गगन कुमार थापाले कांग्रेस माग पूरा नगरी संसद बैठकका कुनै पनि गतिविधि अगाडि बढ्न नसक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट