‘लण्डन टु पेरिस’को टिजरमा रोमान्स, नोकझोक र विछोड-Sutra News

‘लण्डन टु पेरिस’को टिजरमा रोमान्स, नोकझोक र विछोड

शुक्रबार, २८ बैशाख २०८१

शुक्रबार, २८ बैशाख २०८१

काठमाडौं । राष्ट्रिय अवार्ड प्राप्त निर्देशक घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’को टिजर सार्वजनिक गरिएको छ ।



आगामी जेठ २५ गतेबाट रिलिज हुने को टिजरमा फिल्मका मुख्य चार पात्रलाई प्रस्तुत गरिएको छ । जसमा निश्चल खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, कवीर खड्का र गरिमा शर्मा प्रस्तुत छन्।

सार्वजनिक २ मिनेट लामो टिजरमा दुई युवायुवतीको रोमान्स, नोकझोक र विछोडलाई समेटिएको छ । कलाकार निश्चल र साम्राज्ञीबीचको प्रेम र खटपटसँगै उनीहरुबीचको रोमान्स, झगडा टिजमा देख्न सकिन्छ ।

फिल्मले ‘ट्राभल लभस्टोरी’ को कथा प्रस्तुत गर्छ। यसको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन्।  फिल्ममा निश्चल खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, कवीर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनीष श्रेष्ठ, लोकविक्रम मल्ल र मनीष गान्धीको अभिनय छ । निश्चल र गरिमाले यही फिल्मबाट डेब्यु गर्दैछन्।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माता छन् ।

सनिश खकुरेल र अजित केआर थापा सह-निर्माता रहेको फिल्ममा अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्माता छन् ।

फिल्ममा अभेद परव र कुनाल कदमको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लङ्गनेस फर्नान्डेजको कोरियोग्राफी छ । लङ्नेस ओस्कार अवार्ड विजेता फिल्म ‘स्लमडग मिलेनियर’को गीत ‘जय हो’का कोरियोग्राफर हुन् ।

फिल्मको सम्पूर्ण छायांकन बेलायतमा गरिएको हो । यस फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले अल नेपाल वितरण गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट