यस्तो छ ‘ह्रस्व दीर्घ’ मा प्रदीप र विपनाको लुक्स-Sutra News

यस्तो छ ‘ह्रस्व दीर्घ’ मा प्रदीप र विपनाको लुक्स

सोमबार, ७ जेष्ठ २०८१

सोमबार, ७ जेष्ठ २०८१

काठमाडौं ।  अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष एवं अभिनेता हरिहर अधिकारीको जोडीले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ।



चन्द्र पन्तको निर्देशन रहेको फिल्मको नयाँ पोस्टरमा साउथका लोकप्रिय अभिनेता प्रदीप रावत र अभिनेत्री विपना थापा फिचर्ड छन् ।

सार्वजनिक पोस्टर हेर्दा धार्मिक गुरुजस्तै देखिएका रावत सेतै फुलेको झुस्स दारीजुंगा र तिलचामले केसमा छन् । यता अभिनेत्री  विपना कालो ब्रस्तमा देखिएकी आस्चर्य भावमा छिन् । केही अचानक केही अनौठो बस्तु वा व्यक्ति देखेको भावमा फिचर्ड छिन् । निर्माण पक्षले उनीहरुको भूमिकाबारे हालसम्म प्रष्ट पारेको छैन ।

वैशाख पहिलो साता पनि ‘ह्रस्व दीर्घ’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको थियो । उक्त पोस्टर हरिहरको जन्मदिनको अवसर पारेर उनको ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक गरिएको थियो । पोस्टरमा उनको क्यारेक्टरका दुई स्वरूप फिचर्ड थिए ।

हरिहर अधिकारीको कथा, नीता ढुंगाना निर्माता रहेको फिल्ममा यी दुई स्वयं मुख्य भूमिकामा छन् । फिल्ममा नेपालीसँगै भारतीय चर्चित कलाकारको अभिनय छ । नीता र हरिहरसँगै विपना थापा, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुइँटेल, बुद्धि तामाङ, किरण केसी, प्रशान्त ताम्राकार, रविन्द्र झालगायत नेपाली कलाकारले अभिनय छ । भारतीय कलाकार विजयसँगै ब्रह्मानन्दमको अभिनय छ ।

फिल्मको छायांकन कबीर लालले गरेका छन् । फिल्म दसैंको अवसर पारेर असोज ११ गतेदेखि प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट