रवि लामिछानेलाई संसदमा सम्बोधन गर्न दिने कांग्रेस निर्णय-Sutra News

रवि लामिछानेलाई संसदमा सम्बोधन गर्न दिने कांग्रेस निर्णय

शुक्रबार, २८ बैशाख २०८१

शुक्रबार, २८ बैशाख २०८१

काठमाडौं । नेपाली कांग्रेसले आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने भएको छ । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले रास्वपा सभिापतिसमेत रहेका लामिछानेलाई बोल्न दिने निर्णय गरेको हो ।



कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले लामिछानेसहित सबै दलका शीर्ष नेतालाई संसदमा बोल्न दिने निर्णय पार्टीले गरेको जानकारी दिए ।

यद्यपि, लामिछानेबारे उठेका विषय सम्बोधन गर्न संसदीय छानबिन समिति गठन नभएसम्म बैठक अवरुद्ध गर्ने निर्णय पनि पार्टीले गरेको उनले बताए ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेमाथि छानबिन गर्न माग गर्दै अघिल्लो अधिवेशनमा लामिछानेलाई रोष्ट्रम प्रयोग गर्न रोकेको थियो । कांग्रेसले लामिछानेले पदबाट राजीनामा दिनुपर्ने बताउँदै आएको थियो । जुन अडानबाट भने पछि नहटेको कांग्रेसले प्रष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट