फेरि ह्वात्तै बढ्याे सुनचाँदीकाे मूल्य-Sutra News

फेरि ह्वात्तै बढ्याे सुनचाँदीकाे मूल्य

शुक्रबार, २८ बैशाख २०८१

शुक्रबार, २८ बैशाख २०८१

काठमाडाैं । स्थानीय बजारमा फेरि सुनकाे मूल्य बढेकाे छ । साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला २३ सय रुपैयाँले सुनकाे मूल्य बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।



मूल्य बढेसँगै शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ९ सय रुपैयाँ पुगेकाे छ भने तेजावी सुनको मूल्य १ लाख ३७ हजार २५० रुपैयाँ पुगेकाे छ ।

सुनको मूल्यमा उच्च वृद्धि भएको साताको अन्तिम कारोबार दिन चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले बढेकाे महासंघले जनाएकाे छ । महासंघका अनुसार शुक्रबार चाँदीकाे मूल्य प्रतितोला १ हजार ७ सय ३५ रुपैयाँ पुगेकाे छ ।

अन्तराष्ट्रिय बजारमा भइरहेकाे उतारचढावकाे प्रभाव नेपाली बजारमा पनि सुनचाँदीकाे मूल्यमा उतारचढाव भइरहेकाे महासंघले जनाएकाे छ । तिव्र उतारचढावका बीच किनबेच भने निकै प्रभावित भएकाे महासंघले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट