‘लाज शरणम्’ टिमलाई समेत नलागेको लाज !-Sutra News

‘लाज शरणम्’ टिमलाई समेत नलागेको लाज !

शुक्रबार, २८ बैशाख २०८१

शुक्रबार, २८ बैशाख २०८१

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा जहिले पनि निर्माताहरु फिल्मको प्रदर्शन मिति घोषणा गर्ने विषयलाई लिएर लडाई गरिरहन्छन् । मेकरहरु अत्तालिएर फिल्मको प्रदर्शन मिति तय गर्छन् तर, प्रदर्शन हुने बेलामा धेरैको भागाभाग नै भएको पनि देखिन्छ ।



नेपालमा पहिला फिल्म निर्माणको हल्ला चलाउने अनि लगानीकर्ता खोज्ने चलन पनि रहँदै आएको छ । यो चलन नयाँ भने हैन, पुरानै हो। केहीको हकमा प्राविधिक समस्या देखिए पनि कतिपयले यो प्रवृत्तिलाई फिल्ममा कलाकारको नाम सहित पोस्टर निकालेर ‘मूर्गा’ खोज्ने शैली भन्छन्।

पछिल्लो समयलाई नै हेर्ने हो भने छायाकंन नसकाई थुप्रै फिल्मका प्रदर्शन मिति घोषणा भइसकेका छन् । विशेषत प्रदर्शन मितिलाई चाँडो घोषणा गर्नुको कारण प्रदर्शन मिति बुक गर्नु हो । तर, यसरी छायाकंन नै नसकाई मिति तोक्नु पछाडि उनीहरुको कुनै न कुनै स्वार्थ जोडिएको हुन्छ ।

यसरी प्रदर्श मिति घोषणा गर्ने तालिकामा चर्चित हाँस्य सिरियल ‘सक्किगोनि’ समूह पनि सामेल भएको छ । निर्माणको तयारीमा जुटी रहेको यो टिमले बनाउन लागेको ‘लाज शरणम्’ फिल्म छायांकन सुरु नहुँदै प्रदर्शन मिति घोषणामा दौडिएको छ । उनीहरुले  यसरी हतार गर्नु भनेको नेपालीमा एउटा उखान ‘नानी पाउनु कहिले कहिले कोक्रो बन्नु अहिले’ जस्तै भन्ने पनि मेल खान पुग्छ ।

शीर्षकले नै कमेडी कथामा निर्माण गर्न लागिएको फिल्मको हाल पोस्टको काममा बसेर कलाकार छनौट गरिरहेको ‘लाज शरणम्’ निर्माण टिमले अझै केही कालाकार फाइनल गर्ने बाँकी रहेको बुझिएको छ । तर, यसको निर्माण टिमले शुक्रबार एक थिम पोस्टर सार्वजनिक गर्दै आगामी महाशिवरात्रि (फागुन १४ गते)लाई प्रदर्शन मिति घोषणा गरिसकेको छ ।

हालसम्म नाम बाहेक केही पनि सार्वजनिक नगरेको ‘लाज शरणम्’लाई ‘जिग्री-पाँडे’ले निर्देशन गर्ने पोस्टरमा उल्लेख छ । तर, सूत्र न्युजलाई स्रोतले दिएको जनाकारी अनुसार यतिबेला फिल्मको स्क्रिप्ट फाइनल गर्ने काम भइरहेको र जिग्री र पाँडेसहितको टिम यतिबेला फिल्मको स्क्रिप्टलाई फाइनल गर्न जुटेको बुझिएको छ । यो सँगै फिल्मका लागि अझै नाम चलेका कलाकार लिने तयारी भई रहेको र त्यसका लागि निर्माण टिमले केही कलाकारहरूसँग कुराकानी चलाइ रहेको स्रोत बताउँछ ।

स्रोतले भने अनुसार फिल्मको छायांकन नै असोजको पहिलो साताबाट सुरु हुने छ, अहिले नै प्रदर्शन मिति घोषणा गरिनुमा स्रोतको निर्माण टिमले ज्योतिष हेराएर फागुन १४ गते फाइदा हुने भनेपछि सोही दिनलाई प्रदर्शन मिति घोषणा गरेको दाबी छ ।

प्राप्त जानकारी अनुसार, ‘सक्किगोनि’ सिरियलमा जिग्रीको भूमिकामा अभिनय गर्दै आएका कुमार कट्टेलले फिल्मको निर्देशन गर्नेछन् । यसमा उनको पनि अभिनय रहने चर्चा छ । अर्जुन घिमिरे, सागर लम्साल, दीपक आचार्य, कमलमणी नेपाल, हरिश निरौला, महेश त्रिपाठी, प्रशान्त ताम्राकारआदिको पनि फिल्ममा अभिनय रहने स्रोतको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट