अब फोनबाटै कुमारीले बिना धितो कर्जा दिने-Sutra News

अब फोनबाटै कुमारीले बिना धितो कर्जा दिने

सोमबार, ७ जेष्ठ २०८१

सोमबार, ७ जेष्ठ २०८१

काठमाडौं । कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने आफ्ना क्युआर मर्चेन्टहरुलाई बिना झन्झट कुमारी मोबाइल बैकिङ्ग एपमार्फत दुई लाख रुपैयाँसम्मको कर्जा दिने भएको छ ।



विशेषगरी साना उद्योगी तथा व्यवसायीलाई डिजिटल माध्यममा आकर्षित गर्न यस्तो सेवा ल्याएको बैंकले जनाएको छ । यो योजनाले साना उद्योगी तथा व्यवसायीहरुलाई थप सहयोग पुग्ने बैंकको विश्वास छ ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत बैकिङ्ग सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट