कोरोनको खोप लगाउन चार घण्टाको पैदलयात्रा-Sutra News

कोरोनको खोप लगाउन चार घण्टाको पैदलयात्रा

बुधबार, १३ असोज २०७८

बुधबार, १३ असोज २०७८

तेह्रथुम- छथर गाउँपालिका २ फयाकका ४३ वर्षका मनकुमारी बिष्ट कोरोना भाइरस खोप लगाउन ६ सय रुपैयाँ अटोमा भाडा तिरेर छथर अस्पताल पुगिन्, तर खोप पाइनन् ।



बिष्ट जस्तै छथर २ कै दिलकुमारी लिम्बू खोप लगाउनका लागि बिहान ८ बजे पैदल हिँडेर चार घण्टामा खोप लाउन पुगिन् । तर, उनले पनि खोप पाइनन् । बिष्ट र लिम्बू जस्तै ३० वर्षमाथि उमेर समूहका नागरिकहरूले खोप पाएनन् ।

छथर गाउँपालिकाले ३० वर्षमाथि उमेर समूहका नागरिकलाई खोप लगाउने सूचना प्रवाह गरेपछि खोप लाउन छथर अस्पतालमा नागरिकहरू पुगे । कोभिडविरुद्धको पहिलो मात्रा खोप लगाउने तथा भेरोसेल खोपको दोस्रो मात्रा लगाउने सूचना प्रवाह गरेको थियो । छथर गाउँपालिकाले १२ र १३ असोजमा नागरिकहरूलाई खोप लगाउन सूचना प्रवाह गरेको थियो ।

त्यस्तै, यसअघि अग्रपंक्तिमा रहेर काम गर्दै आएका शिक्षक, कर्मचारी, पर्यटकीय क्षेत्र होटलमा रहेर काम गर्ने व्यक्तिहरू, ३० वर्षमाथिका सबै नागरिकहरूलाई खोप दिने भने पनि नागरिकहरूले खोप पाउन नसकेको गुनासो गरेका छन् । 

छथर गाउँपालिका स्वास्थ्या शाखा प्रमुख सन्जित रसाइलीले भने उमेर समुहको आधारमा समय छुट्याइएको मिति नआई एकै पटक नागरिकहरू खोप लाउन आएका कारण खोप नपुगेको बताए । स्वास्थ्य शाखाका अनुसार दुई दिनमा आठ सय नागरिकहरूलाई खोप प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट