प्रकाश सपूतको फिल्म ‘वसन्त’को घोषणा, स्वस्तिमासँग जोडी बाँध्दै-Sutra News

प्रकाश सपूतको फिल्म ‘वसन्त’को घोषणा, स्वस्तिमासँग जोडी बाँध्दै

आइतबार, २३ बैशाख २०८१

आइतबार, २३ बैशाख २०८१

काठमाडौं । प्रकाश सपूत एक नेपाली गायक, सङ्गीतकार, मोडल र अभिनेता हुन्, जो नेपाली लोक सङ्गीतमा आफ्नो योगदानका लागि परिचित छन्। उनै गायक सपूतले अब फिल्म ‘वसन्त’ बनाउने भएका छन् ।



गलबन्दी प्रोडक्सनको ब्यनरमा निर्माण हुने यस फिल्मलाई सपूत आफैले अभिनय, निर्माण र निर्देशन गर्न लागेका छन् । उनको यो पहिलो निर्देशकिय डेब्यु फिल्म हो ।

आइतबार एक प्रत्रकार सम्मेलनको आयोजना गरिँदै टिजर सार्वजनिक गरेर घोषणा गरिएको फिल्मको कथा प्रकाश स्वयंले नै लेखेका हुन् । फिल्ममा संगीत पनि उनैकै रहने छ । आफ्नो सङ्गीतको माध्यमबाट सामाजिक र राजनीतिक चेतना जगाउनका लागि परिचित सपूतको पहिलो निर्देशकीय फिल्म कस्तो रहन्छ भन्ने चासो धेरैमा देखिएको छ ।

फिल्ममा सपूतको जोडीका रुपमा नायिका स्वस्तिमा खड्का छिन् । उनीहरुले यसअघि ‘जाले रुमाल फाट्यो’ र ‘कुरा बुझ्नु पर्छ’ गरी दुई गीतको भिडियोमा सहकार्य गरेका थिए । अब, उनीहरू ठूलो पर्दामा पनि पहिलो सहकार्य गर्न लागेका हुन् ।

अभिनयलाई निरन्तरता दिने योजनामा रहेका सपूतको यस अघि अघिल्लो वर्ष फिल्म ‘परदेशी २’ प्रदर्शन भएको थियो । यो उनको डेब्यु फिल्म थियो । पहिलो फिल्मबाटै सफलताको स्वाद चाखेका उनी हालै अनुबन्धित भएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा पनि काम गर्ने तयारीमा छन् ।

आगामी दशैंपछि छायांकन गर्ने तयारी गरिएको फिल्म ‘बसन्त’का कार्यकारी निर्माता मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सि शेरचन हुन् भने सह-निर्देशक सुनिल वि.क हुन् ।

सपूतका गलबन्दी च्यातियो, तिम्रो मायाले मलाई पीर दियो, कुरा बुझ्न पर्च, सकम्बरी, दमाई महाराज लगायतका गीतहरू चर्चित छन्। यि गीतले सामाजिक चेतनामूलक सन्देश दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट