‘फर्की फर्की’मा अनमोललाई काखा, नयाँ कलाकारलाई पाखा !-Sutra News

‘फर्की फर्की’मा अनमोललाई काखा, नयाँ कलाकारलाई पाखा !

शुक्रबार, ४ जेष्ठ २०८१

शुक्रबार, ४ जेष्ठ २०८१

काठमाडौं । आफू, आफ्नो फिल्म र चरित्रबारे मिडियासँग बोलौं र दर्शकमा प्रवाह गरौं भन्ने चाहना कुनचाँही कलाकारमा नहोला र ! अझ नयाँ कलाकार त यसको भोको नै हुन्छन् । तर, जेठ १० गतेदेखि रिलिज हुने तयारीमा रहेको फिल्म ‘फर्कि फर्कि’ मा दृश्य फरक छ । फिल्मको प्रचारमा अनमोल केसी र जसिता गुरुङ सक्रिय भइरहँदा यही फिल्मका नव कलाकार रवि काफ्ले र समृद्धि अर्याल भने आझेलमा छन् ।



निर्माण टिमले समेत अनमोल र जसितालाई मात्रै स्थान दिएर विभिन्न सञ्चार माध्यममा अन्तरर्वाता गराइ रहेको छ । जता हेरे पनि उनीहरु नै हाबी छन् ।

केही समय अगाडि आयोजना भएको पत्रकार सम्मेलनमा रवि र समृद्धि देखाइएको थियो । त्यसयता उनीहरुको उपस्थिति कमै देखिन्छ । उनीहरुले फिल्ममा अभिनय गरेका त छन् तर, फिल्म प्रर्दशनको बेला  प्रचारमा जान पाइरहेका छैनन् ।

अहिले नेपालमा चल्तीका कलाकार अनमोल र जसिता भएकाले निर्माताहरुको रोजाइमा परेका हुन् भन्नेमा दुइ मत देखिदैन । रवि र समृद्धि सहायक कलाकार भएकाले टिमले नै अगाडी ल्याउन आवश्य नठानेको हो कि भन्ने पनि भइरहेको छ । जसले गर्दा प्रचारको समयमा उनीहरुले स्थान पाउन सकेका छैनन् ।

सुरुवातमा फिल्मका लागि निर्माण युनिटले रवि र समृद्धिलाई अडिसन मार्फत छनौट गरेको बताएको थियोे । त्यसो त स्टार अभिनेताका रुपमा चिनिएका अनमोलकै अघिल्लो फिल्म ‘छड्के २.०’ नमिठोसँग फ्लप भएको थियो । तैपनि निर्मातालाई सायद उनकै भर छ । त्यसैले त मुख्य भूमिकामा हुँदाहुँदै प्रचारमा हिँडाउन आवश्यक ठानेका छैनन् !

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट