सन्दीपको पक्षमा रचना रिमाल, विश्वकप खेल्न दिन माग-Sutra News

सन्दीपको पक्षमा रचना रिमाल, विश्वकप खेल्न दिन माग

आइतबार, २३ बैशाख २०८१

आइतबार, २३ बैशाख २०८१

काठमाडौं । जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेसँगै गायिका रचना रिमालले टिप्पणी गरेकी छन् ।



बलात्कारको अभियोगमा लामिछानेको मुद्दा पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासमा पेशी तोकिएको थियो ।

तर, उक्त पेशीमा आज सुनुवाइ रोकिएको हो । योसँगै गायिका रिमालले क्रिकेटर सन्दीप लामिछानेलाई कि सजाय दिनु कि विश्वकप खेल्न दिनु भन्दै आग्रह गरेकी हुन् ।

यही जुन २ तारिखदेखि अमेरिका र वेष्ट इण्डिजमा हुन लागेको ‘टी २० विश्वकप’मा भाग लिन नेपाली टोली प्रस्थान गरिसकेको छ । तर, क्रिकेटर लामिछानेको मुद्दा किनारा लाग्न नसक्दा अन्यौल सिर्जना भएको छ ।

यदि, सन्दीपको मुद्दामा सकारात्मक फैसला आए उनी विश्वकपमा सहभागी हुन सक्ने चर्चा हुँदै आएको छ । यसैबीच, गायिका रिमालले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘दोषी भए कानूनअनुसार सजाय देउ, निर्दोष भए विश्वकप खेल्न देउ ।’

सामाजिक सञ्जालमा पनि विगत केही दिनदेखि सन्दीपको विषयमा कारवाही गर्न वा राष्ट्रिय क्रिकेट टोलीमा समावेश गर्न माग उठिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट