ललितपुरको बाफलमा आगलागी हुँदा पाँच जना घाइते-Sutra News

ललितपुरको बाफलमा आगलागी हुँदा पाँच जना घाइते

आइतबार, २३ बैशाख २०८१

आइतबार, २३ बैशाख २०८१

काठमाडौं । ललितपुर महानगर १७ बाफलमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका छन् ।



जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले बिहान बाफलस्थित मोबिल संकलन गरी राखिएको एक टहरोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका जानकारी दिए ।

आगलागीबाट रौतहट जिल्ला घर भई हाल बाफल बस्ने सञ्जय गिरी र रुपा गिरीलगायत उनका तीन वर्षीया प्रीया, आठ वर्षीया एसीला, १५ वर्षीया मीत घाइते भएका हुन् ।

अहिले आगलागी नियन्त्रणमा आइसकेको छ । घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट