बागमती प्रदेशमा बढ्यो डेङ्गु संक्रमित, एक जनाको मृत्यु-Sutra News

बागमती प्रदेशमा बढ्यो डेङ्गु संक्रमित, एक जनाको मृत्यु

आइतबार, २३ बैशाख २०८१

आइतबार, २३ बैशाख २०८१

काठमाडौं । बागमती प्रदेशमा पछिल्लो समय डेङ्गु संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो नौ महिनाको अवधिमा बागमती प्रदेशमा ११ हजारभन्दा बढी डेङ्गु संक्रमित फेला परेका छन् ।



चालु आर्थिक वर्ष २०८०-८१ को साउनदेखि हालसम्म बागमती प्रदेशमा ११ हजार ४०९ जना नयाँ डेङ्गु संक्रमित फेला परेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यसमध्ये सबैभन्दा बढी धादिङमा तीन हजार ५०१ र सबैभन्दा कम रसुवामा दुई जना नयाँ डेङ्गु संक्रमित भएको स्वास्थ्य निर्देशानलयका स्रोत व्यक्ति उत्तमप्रसाद प्याकुरेलले जानकारी दिए ।

डेङ्गु संक्रमणबाट हालसम्म मकवानपुरमा एक जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

गर्मी मौसम सुरु भएसँगै डेङ्गु संक्रमित अझै बढ्न सक्ने भएकाले जनचेतनामूलक सन्देश प्रवाहसँगै प्रदेशभर लामखुट्टे लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गर्न लागिएको प्रदेश स्वास्थ्य निर्देशक दिपकप्रसाद तिवारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट