ब्राजिलका स्वास्थ्यमन्त्री मार्सेलोलाई कोरोना संक्रमण पुष्टि-Sutra News

ब्राजिलका स्वास्थ्यमन्त्री मार्सेलोलाई कोरोना संक्रमण पुष्टि

बुधबार, ६ असोज २०७८

बुधबार, ६ असोज २०७८

ब्राजिल- ब्राजिलका स्वास्थ्यमन्त्री मार्सेलो क्युइरोगालाई कोरोना संक्रमण पुष्टि भएको छ ।



राष्ट्रपति जैर बोलसेनारोसँग न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा उनीमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीसँग सहभागी अन्य प्रतिनिधिमण्डलको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ ।

क्युइरोगा १४ दिनसम्म न्युयोर्कमै क्वारेन्टाइनमा रहनेछन् । क्युइरोगामा संक्रमण देखिएपछि महासभामा भाग लिने अन्य देशका केही प्रतिनिधिमण्डलले सहभागिता रद्द गरेका छन् ।

महासभा अवधिभर मास्क लगाइरहेको बताउने क्युइरोगाको स्वास्थ्य अवस्था सामान्य नै रहेको ब्राजिलको स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा बताइएको छ ।

कोरोना महामारी सुरु भएदेखिको अवधिमा क्युइरोगा ब्राजिलका चौथो स्वास्थ्यमन्त्री हुन् । कोरोना भ्याक भ्याक्सिन लगाएका क्युइरोगासँगै महासभामा सहभागी राष्ट्रपति बोलसेनारोले भने हालसम्म कोरोनाविरुद्धको खोप लगाएका छैनन् ।

महासभामा सहभागी ब्राजिलको प्रतिनिधिमण्डलमा सहभागीमध्येमा संक्रमण पुष्टि भएका उनी दोस्रा हुन् । यसअघि उनकै टोलीका एक कूटनीतिज्ञमा पनि संक्रमण देखिएपछि उनलाई आइसोलेसनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट