पछिल्लो २४ घण्टामा ८६७ कोरोना संक्रमित थपिँदा ११२३ संक्रमणमुक्त-Sutra News

पछिल्लो २४ घण्टामा ८६७ कोरोना संक्रमित थपिँदा ११२३ संक्रमणमुक्त

शनिबार, १६ असोज २०७८

शनिबार, १६ असोज २०७८

काठमाडौं- नेपालमा पछिल्लो २४ घन्टामा ८६७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार ८ हजार २१९ जनामा परीक्षण गर्दा ८६७ जनामा संक्रमण पुष्टि भएको हो ।



आज थपिएकासँगै देशभर सक्रिय संक्रमित १७ हजार ६४२ जना पुगेका छन् । ५ सयभन्दा बढी संक्रमित भएका जिल्ला ९ र २ सयभन्दा बढी संक्रमित भएका जिल्ला १९ रहेका छन् ।

पछिल्लो २४ घन्टामा एक हजार १२३ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कुल संख्या सात लाख ६७ हजार ८१९ पुगेको छ । नेपालमा संक्रमणमुक्त दर ९६.४ प्रतिशत रहेको छ ।

यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा नौ जनाको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार १५७ जनाको निधन भइसकेको छ ।

हाल देशभर ३५० जना सघन उपचार कक्ष (आईसीयू), ११२ जना भेन्टिलेटर, १६ हजार ३७१ जना होम आइसोलेसन, एक हजार २७१ जना संस्थागत आइसोलेसन र २३९ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट