नेपालकी पौडीबाज गौरीका सिंहलाई कोरोना संक्रमण पुष्टि-Sutra News

नेपालकी पौडीबाज गौरीका सिंहलाई कोरोना संक्रमण पुष्टि

बुधबार, ९ भाद्र २०७८

बुधबार, ९ भाद्र २०७८

काठमाडौं- नेपालकी पौडीबाज गौरीका सिंहलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । बेलायतमा बस्दै आएकी गौरीकाले सामाजिक सञ्जालबाट आफूलाई कोरोना संक्रमण भएको बताएकी हुन् ।



गौरीकाले कोरोनाको दुबै खोप लगाए पनि आफूमा संक्रमण भएको बताएकी छिन् । गौरीकाले सरकारको नियम अनुसार आफू १० दिनको सेल्फ आईसोलेसनमा बसेको बताएकी छिन् ।

गत महिना जापानमा सम्पन्न टोकियो ओलम्पिकमा गौरीकाले नेपालबाट प्रतिस्पर्धा गरेकी थिइन् । गौरीकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएको थिइन् ।

ओलम्पिक खेलेर गौरीका जापानबाटै बेलायत गएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट