जर्मनीका एलेक्सजेन्डर ज्वेरभलाई सिनसिनाटी ओपन टेनिसको उपाधि-Sutra News

जर्मनीका एलेक्सजेन्डर ज्वेरभलाई सिनसिनाटी ओपन टेनिसको उपाधि

सोमबार, ७ भाद्र २०७८

सोमबार, ७ भाद्र २०७८

काठमाडौं- जर्मनीका एलेक्सजेन्डर ज्वेरभले सिनसिनाटी ओपन टेनिसको उपाधि जितेका छन् । आइतबार राति भएको फाइनलमा रुसका आन्द्रे रुभलेभलाई पराजित गर्दै एलेक्सजेन्डरले उपाधि जितेका हुन् ।



उपाधि जित्ने क्रममा एलेक्सजेन्डरले आन्द्रेलाई ६-२ र ६-३ को सेटमा पराजित गरे । टोकियो ओलम्पिकको स्वर्ण पदक विजेता एलेक्सजेन्डरले पहिलो पटक सिनसिनाटी ओपनको उपाधि जितेका हुन् ।

महिलातर्फको उपाधि विश्व नम्बर एक अष्ट्रेलियाकी अस्लेइग बार्टीले जितिन् । बार्टीले स्विट्जरल्यान्डकी जिल टेइचम्यानलाई ६-३ र ६-१ ले पराजित गरिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट