स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकियो-Sutra News

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकियो

सोमबार, ७ भाद्र २०७८

सोमबार, ७ भाद्र २०७८

काठमाडौं- स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा रियल लेभान्टेसँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।



लेभान्टेको मैदानमा पाँचौं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । उनले २०१९ को सेप्टेम्बरपछि रियलका लागि पहिलो गोल गरेका हुन् ।

खेलको ४६ औं मिनेटमा रोजरले गोल गर्दै लेभान्टेलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ५७ औं मिनेटमा जोसे क्याम्पनाले गोल गर्दै लेभान्टेलाई २-१ को अग्रता दिलाए ।

७३ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई २-२ गोलको बराबरीमा ल्याए । खेलको ७९ औं मिनेटमा रोबरले गोल गर्दै लेभान्टेलाई ३-२ को अग्रता दिलाए ।

तर, खेलको ८५ औं मिनेटमा जुनियरले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३-३ गोलको बराबरीमा ल्याउदै रियललाई हारबाट जोगाए ।

यस्तै खेलको ८७ औं मिनेटमा ऐटरले रातो कार्ड पाएपछि लेभान्टे १० खेलाडीमा समेटिएको थियो । यस बराबरीसँगै रियलले २ खेलमा ४ अंक जोडेको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट