बायर्नले नयाँ सिजनको जर्मन बुन्डेसलिगामा पहिलो जित दर्ता गर्यो-Sutra News

बायर्नले नयाँ सिजनको जर्मन बुन्डेसलिगामा पहिलो जित दर्ता गर्यो

सोमबार, ७ भाद्र २०७८

सोमबार, ७ भाद्र २०७८

काठमाडौं- बायर्न म्युनिखले नयाँ सिजनको जर्मन बुन्डेसलिगामा पहिलो जित दर्ता गरेको छ । साविकको विजेता बायर्नले कोल्नमाथि संघर्षपुर्ण जित निकालेको हो । बायर्नले घरेलु मैदानमा एफसी कोल्नमाथि ३-२ को संघर्षपूर्ण जित निकालेको हो ।



यसअघि बायर्नले बोरुसिया मोन्चेनग्लाडवाकसँग १-१ गोलको बराबरी खेलेको थियो । घरेलु मैदानमा बायर्नको जितमा सर्ज गिनाब्रीले दुई तथा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको नाममा रह्यो । कोल्नका एन्थोनी मोडेस्टे र मार्क अर्थले गोल गरेपनि हार टार्न सकेन ।

जितपछि बायर्नको २ खेलबाट ४ अंक पुगेको छ । पराजित कोल्नको २ खेलबाट ३ अंक छ । बुन्डेसलिगामा कोल्नको यो पहिलो हार हो । यसअघि कोल्नले हर्था बर्लिनलाई ३-१ ले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट