प्रिमियर लिगमा आज तीन खेल : लन्डन डर्बीमा आर्सनल र चेल्सी भिड्दै-Sutra News

प्रिमियर लिगमा आज तीन खेल : लन्डन डर्बीमा आर्सनल र चेल्सी भिड्दै

आइतबार, ६ भाद्र २०७८

आइतबार, ६ भाद्र २०७८

इंग्लिस प्रिमियर लिग (ईपीएल) मा आज तीन खेल आयोजना हुँदैछन् ।



आइतबार दोस्रो चरणको दोस्रो दिन विभिन्न शहरमा तीन खेल आयोजना हुनेछन् । आज हुने खेलमा लण्डन डर्बीअन्तर्गत आर्सनल र चेल्सी भिड्ने छन् भने म्यानचेष्टर युनाइटेड र टोटेनहमको आ–आफ्नै प्रतिद्वन्दीसँग खेल रहेको छ ।

आजको पहिलो खेलमा साउथह्याम्पटन र म्यानचेष्टर युनाइटेड भिड्दै छन् । खेल नेपाली समयअनुसार सेन्ट मेरी स्टेडियममा पौने ७ बजे सुरु हुनेछ । घरेलु मैदानमा साउथ ह्याम्पटन पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा पराजित भएको ऊ पहिलो अंकको खोजीमा समेत छ ।

यता, पाहुना टोली लगातार दोस्रो जितको खोजीसहित शीर्ष स्थानमा फर्कन चाहन्छ । पहिलो खेलमा सानदार सुरुवात गरेको युनाइटेड दोस्रो खेलमा समेत उही नतिजा निकाल्न चाहन्छ ।

यस्तै दोस्रो खेलमा उल्भ्स र टोटेनहमबीच प्रतिस्पर्धा हुँदैछ । मोलिनेक्स स्टेडियममा हुने खेल नेपाली समय अनुसार पौने ७ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा उल्भ्स पहिलो जित निकाल्न चाहन्छ । पूर्व प्रशिक्षकविरुद्ध उल्भ्स जित निकाल्ने दाउमा हुनेछ । यता, टोटनहम पनि पहिलो खेलमा साविक विजेता म्यानचेस्टर सिटीलाई झै पराजित गर्ने दाउमा छ । टोटनहमले यसअघि आफ्नै मैदानमा सिटीलाई पराजित गरेको थियो ।

आजको अन्तिम खेलमा उत्तर पश्चिम लण्डन डर्बी रहेको छ । खेल नेपाली समयअनुसार सवा ९ बजे हुनेछ । घरेलु मैदान इमिरेट्समा आर्सनल जित्न निकाल्ने दाउमा हुनेछ । यसअघि पहिलो खेलमा आर्सनल नवप्रवेशी क्लब ब्रेन्टफोर्डसँग पराजित भएको थियो ।

यता, चेल्सी भने पूर्वखेलाडी रोमेलु लुकाकुको पुनः एकपटक डेब्यु नजिक रहेको छ । पहिलो जित र लुकाकुको आगमनसँगै चेल्सी आर्सनलविरुद्ध जित चाहन्छ । लुकाकुको आगमनमा चेल्सीले क्रिष्टिएन पुलिसिकलाई कोरोना भाइरसका कारण गुमाउनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट