बायर्न म्युनिख च्याम्पियन्स लिगको फाइनलमा-Sutra News

बायर्न म्युनिख च्याम्पियन्स लिगको फाइनलमा

बिहिबार, ४ भाद्र २०७७

बिहिबार, ४ भाद्र २०७७

एजेन्सी–बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ।पोर्चुगलको लिस्बनमा बुधबार राति भएको दोस्रो सेमिफाइनलमा फ्रेन्च क्लब लियोनलाई ३–० गोल अन्तरले पराजित गर्दै जर्मन क्लब बायर्न फाइनलमा पुगेको हो।



बायर्नलाई जित दिलाउन सर्ज गनाब्रीले दुई गोल गरेका थिए भने रोबर्ट लेवान्डोस्कीले एक गोल थपेका थिए । खेलको १८औं मिनेटमा गनाब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए। खेलको ३३औं मिनेटमा गनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई २–० को अग्रता दिलाए।

त्यसपछि खेलको ८८औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ३-० को जित दिलाए। अब फाइनल खेल फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र बायर्नबीबीच अगस्ट २४ मा हुनेछ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट